बाढीपहिरोका कारण अझै २० राजमार्ग पूर्ण रुपमा अवरुद्ध (सूचीसहित)

लोकपथ
77
Shares

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका दर्जनौँ सठकमा क्षति पुगेको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार २० वटा राजमार्ग पूर्ण रुपमा मा अवरुद्ध भएको छ भने १० वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सिस्नेरी सडक खण्ड, लेले टिकाभैरभ सडकखण्ड, राँके भेडेटार सडकखण्ड, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड गत असोज ११ गतेबाट पूर्णरुपमा अवरोध भएको छ ।

वीपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, बाह्रबिसे–तातोपानी सडक, रामेछाप र सिन्धुली (खुर्कोट) सडक र शिद्धार्थ राजमार्ग लगायतका सडकखण्ड पूर्ण रुपमा अवरोध कायम भएको छ ।

त्यस्तै पूर्व पश्चिम राजमार्गको नवलपरासी पूर्व, पृथ्वी राजमार्गको बन्दिपुर र व्यास नगरपालिका अन्तर्गतको सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?