दसैँको अग्रिम टिकट बुकिङ बन्द गरिँदै

यातायात व्यवसायी भन्छन् : यात्रु लिएर गन्तव्यतिर जाने अवस्थानै छैन

लोकपथ
518
Shares

काठमाडौं । सडक अवरोधको कारण देखाउँदै यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको हो ।

नले यसका लागि बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए ।

११ र १२ गतेको भारी वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा अवरोध खडा भएको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य राजमार्ग नै ठप्पप्रायः छ ।

सोमबार पृथ्वी राजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?