चर्चित बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो

लोकपथ
504
Shares

काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार उनलाई आज बिहान ५ बजे खुट्टामा गोली लागेको हो ।

डाक्टरले गोली निकालिसकेका छन् । कोलकाता जाँदै गरेको अभिनेता गोविन्दाले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा मिस फायर भएको बताइएको छ।

उनलाई आईसीयूमा राखिएको छ र अवस्था स्थिर छ । गोविन्दाका प्रबन्धक शशि सिन्हाका अनुसार, शिवसेना नेतासमेत रहेका गोविन्दाले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर केसमा राख्दै गर्दा रिभल्भर चिप्लिएर खुट्टामा गोली लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?