‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन : एभरेष्ट होटेललाई तीन लाख जरिवाना

लोकपथ
0
Shares

काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो ।

सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ । सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटेललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । 

विभागका महानिर्देशक राजन पौडेलकाअनुसार चाडपर्वसँगै विपत्तिसमेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचानल गरिएको हो । 

कालोबजारी वा कम गुणस्तरको सामग्री बिक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरी ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुकोसमेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सो सँगै स्थानीय पालिकाहरुससँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?