नेपाल–भारत व्यापार प्रवर्द्धनमा एनआईसीसीआई र इटालियन महावाणिज्यदूतबीच छलफल

लोकपथ
28
Shares

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले काठमाडौंमा कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ । 

बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डेको उपस्थित रहेको थियो ।

बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइएको थियो ।

बैठकमा एनआईसीसीआई बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजनामा पनि छलफल गरेका थिए ।

दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?