प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

लोकपथ
28
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले) ले बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि लागि ५० लाख दिने भएको भएको छ ।

आज बसेको सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

त्यसो त यसअघि सत्तारुढ दल नेपाली कांग्रेसले पनि उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै भाटभटेनी सुपरमार्केटकका सञ्चालक मीनबहादुर गुरुङले सरकारी कोषमा १ करोड ११ लाख ११ हजार रुपैयाँ उपलब्ध गराएका थिए । साथै विभिन्न व्यक्ति र संस्थाहरुले बाढीपहिरो प्रभावितहरुको उद्धार र राहतका लागि आर्थिक सहयोग उलपब्ध गराउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?