जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरु नियुक्त

लोकपथ
63
Shares

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा नियुक्त भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार पूर्व रक्षा मन्त्री समेत रहेका इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा  नियुक्त भएका हुन्।

शुक्रवार जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र देशको नेतृत्व गर्नका लागि इशिबालाई चुनिएको हो। 

६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् । यदि ताकाचीले जितेको भए उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने थिइन् ।

नव-निर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?