काठमाडाैं । महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले आज एक सूचना जारी गदै सडक बन्द हुने बारे जानकारी गराएको हो ।
मंगलबार राति १० बजे देखि भोलि बिहान ५ बजेसम्मका लागि यातायातका अत्यावश्यक सेवा बाहेक अन्य साधनहरु सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
अविरल वर्षाको कारण बर्दघाट नगरपालिका –४ दाउने जंगलको खुर्साने खोलास्थित पूर्व–पश्चिम राजमार्गको सडकखण्डको ‘रिटेनिङ्ग वाल’ भत्किनुको साथै सडक करिब ४ मिटर भासिएको थियो ।
सोही सडक पूर्ण रुपमा मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयोजनका लागि आज रातभरि सडक पूर्ण रुपमा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया