स्यामुएल इटोओलाई फिफाले लगायो ६ महिनाको प्रतिबन्ध

लोकपथ
56
Shares

काठमाडौं । फिफाले क्यामरुनका सुपरस्टार फुटबलर स्यामुएल इटोओलाई प्रतिबन्ध लगाएको छ । फिफाले इटोओलाई आफ्नो राष्ट्रिय टिमको कुनै पनि खेल खेल्न नपाउने गरी ६ महिनाका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाकाअनुसार सेप्टेम्बर ११ मा कोलम्बियामा भएको यु–२० महिला विश्वकपमा अन्तिम १६ को खेलपछि उनले व्यवहार, निष्पक्ष खेलको सिद्धान्तको उल्लंघन र पदाधिकारीमाथि दुर्व्यवहार गरेका थिए।

स्यामुएल इटोओले सन् २००९ मा बार्सिलोनाबाट र सन् २०१० मा इन्टर मिलानबाट च्याम्पियन्स लिग जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?