७ किलो गाँजासहित दुई जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । धादिङमा अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

गल्छी गाउँपालिका–७ गल्छीबाट अवैध लागुऔषध गाँजा करिब ७ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–३ घर भई हाल रुपन्देही बस्ने ३६ वर्षीय दान बहादुर विक र रुपन्देहीकै २० वर्षीय चन्द हरीजन रहेका छन् ।

प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?