शहर केन्द्रित ‘सुपथ मूल्य पसल’हरू कति सुपथ छन् ? 

लोकपथ
105
Shares

काठमाडौं । चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरूको मूल्य तीव्र गतिमा बढ्ने गरेको छ । 

आम उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुको अभाव साथै महंगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने गरिन्छ । 

सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन् । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् ।

उनले भनिन्, ‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल हामीले असोजको ३ गतेदेखि सुरु गरेका हौँ र यो कार्यक्रम माघको २ गतेसम्म सञ्चालन गर्ने तयारी छ । पसलहरूमा दैनिक उपभोग्य सामानहरू दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरू सुपथ मूल्यमा बिक्री वितरण गर्ने गरेका छौँ । यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरूबाट पसलहरू सञ्चालन गरिरहेका छाैँ । यसमा पनि काठमाडौं उपत्यकामा चार वटा कम्पनीका आफ्नै बिक्री केन्द्रहरूबाट सञ्चालन भएका छन् भने दुई वटा पालिकाहरूसँगको समन्वयमा सञ्चालन गरेका छाैँ । यसमा दक्षिणकाली र चाँगुनारायण रहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?