इरानले इजरायलमाथि फेरि गर्‍यो मिसाइल आक्रमण

लोकपथ
287
Shares

काठमाडौं । युद्धरत देश इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ ।

इरानले प्रहार गरेकामध्ये केही मिसाइलहरु इजरायली क्षेत्रहरुमा खसेका छन् । यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

इरानले त्यहाँ (इजरायल) को स्थानीय समय अनुसार बेलुका ७ः४५ बजे तेल अवीव र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखियो ।

इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन् । तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।

तर, इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ ।

इजरायलले इरानले मिसाइल हानेको एक भिडियो सार्वजनिक गरेको छ, जहाँ एक व्यक्ति सडकमा हिँडिरहेको र सो समयमा उनीमाथिमा आक्रमण भएको देखाइएको छ । इरानको आकस्मिक हमलापछि इजरायलले इरानको शासन खतरनाक र विश्व शान्तिका लागि खतरा भएको प्रतिक्रिया दिएको छ ।

यो इरानले गत अप्रिलमा गरेको आक्रमणको तुलनामा केही खतरनाक आक्रमण भएको बताइएको छ । पाँच महिनाअघि अर्थात् गत अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?