काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो । राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो ।
काठमाडौंले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो । पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो । पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौंले बीचमा मोमेन्टम बिगार्न पुग्यो ।
जसको फाइदा चितवनले उठायो । पहिलो सेटको बीचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो । काठमाडौंले पछ्याउँदै १९–२१ को अवस्था बनायो । पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा पनि काठमाडौंले ८–४ ले अग्रता बनायो । सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो ।
तेस्रो सेटको सुरुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन । काठमाडौंले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो । काठमाडौंले २५–२२ मा सेट जित्यो । चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौंले जित निकालेको हो ।
आज काठमाडौंको खेलमा निकै सुधार देखियो । चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन । जसको फलस्वरुप काठमाडौंले आजको खेल जितेको हो । चौथो सेटमा २५–१७ हराउँदै काठमाडौंले पहिलो जित हात पारेको छ ।
चितवनले आफ्नो तेस्रो खेल भोली (बुधबार)मधेस युनाइटेडसँग खेल्नेछ । चितवन भोलीको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया