बहुचर्चित आँगन स्वीट्सका मिठाई उत्पादन गर्ने कम्पनीमा देखियो कैफियत, दुई लाख रुपैयाँ जरिवाना

लोकपथ
77
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहुचर्चित आँगन स्वीट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्समा छापा मारेको छ ।

विभागले छापा मार्दा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागका महानिर्देशक राजन दाहालले आकाश फुड्स आँगन ब्राण्डका मिठाई उत्पादन गर्ने कम्पनी भएको र आँगनको वितरण प्रणाली निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराएको बताए ।

उनले मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको पनि बताए । विभागले पछिल्ला दिनमा ठूला र नाम कहलिएका ब्राण्डहरुमा अनुगमन बढाउँदै आएको छ । यसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?