ओमानविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

लोकपथ
2.1k
Shares

काठमाडौं । क्यानडा टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल आज बुधबार ओमानविरुद्ध मैदान उत्रदैँछ । क्यानडाको किङ सिटीमा हुने नेपालको चौथो खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज हुने ओमानविरुद्धको खेलमा नेपालले जित्नै पर्ने दवाब रहेको छ । हिजो मंगलबार भएको खेलमा नेपालले क्यानडासँग हार व्यहोर्यो । पावर प्लेको ओभरसम्म निकै आक्रामक ब्याटिङ गरेको नेपालले त्यसपछिका ओभरमा भने सोही अनुसारको प्रदर्शन गर्न सकेन र क्यानडासँग चार विकेटले पराजित हुन पुग्यो। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा भने जित हात पारेको थियो ।

सोमबार भएको उक्त खेलमा गुल्सन झाको प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै जित हात पारेको थियो। त्यसैगरी, शनिबार भएको पहिलो खेलमा पनि नेपाल क्यानडासँग स्तब्ध हुनु परेको थियो । क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। नेपाललाई आफ्नो फाइनलको सम्भावना जिवित राख्न आज ओमानविरुद्ध जित निकाल्नै पर्ने हुन्छ । हिजोको जितसँगै क्यानडाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपाल र ओमानको भने समान दुई अंक छ। ओमानले नेपालसँग खेल्न बाँकी छ। यही खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?