काठमाडौं । अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लालचन्द्र कामी र राहुल शुक्ला रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित लालचन्द्र कामीको कोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाइन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोका ब्राउनसुगर फेला पारेको थियो ।
प्लाष्टिकसहित तौल गर्दा १०२ (एकसय दुई ग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ९९ (उनान्सय) ग्राम ब्राउनसुगर फेला परेको हो ।
त्यस्तै प्रहरीले सोही कोठामा रहेको खाटमा ब्राउनसुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान समेत बरामद गरेको छ ।
उनीहरुको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया