काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० बलिङ वरियतामा उल्लेखनीय सुधार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा अलराउन्डर ऐरीले टी–२० बलिङ वरियतामा २३ अंक सुधार गरेका हुन् ।
९३औँ स्थानमा रहेका ऐरीले एकैपटक २३ स्थान सुधार गर्दै ७०औँ स्थानमा पुगेका छन् ।
त्यस्तै ऐरीले टी–२० ब्याटिङ वरियतामा पनि दुई स्थान सुधार गरेका छन् । पछिल्लो वरियता अनुसार उनी ४५औँ स्थानबाट ४३औँ स्थानमा आइपुगेका हुन् ।
ऐरी टी–२० अलराउन्डर वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । उनले चार स्थान छलाङ मार्दै उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।
कप्तान रोहितकुमार पौडेल भने एक स्थान खस्किएका छन् । ६०औँ स्थानमा रहेका कप्तान पौडेल ६१ औँ स्थानमा पुगेका छन् । यता आसिफ शेख पनि दुई स्थान खस्किएर ७०औँ स्थानमा पुगेका छन् । त्यस्तै, नेपालकै अर्का लेग स्पिनर सन्दीप लामिछाने १०० मा अटाउन सकेका छैनन् ।
सोमपाल कामी एक स्थान तल खस्किँदै १९औँ स्थानमा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया