नेपाल मर्चेन्ट बैंकर एशोसियशनको १५औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एशोसियशनको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार दिउँसो काठमाडौंको नक्सालमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभामार्फत छैँठौं कार्यसमिति गठन गरिएको छ । जसमा अध्यक्षमा एनआईसी एसिया क्यापिटल लिमिटेडका राजेन्द्र रायमाझी, उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी, महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई, कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेड शिवान्त ब.पाडें चयन भएका छन् । 

यस्तै, सदस्यहरूमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका लेखनाथ पोखरेल, कुमारी क्यापिटल लिमिटेडका पुष्पा शर्मा चयन भएका छन् । 

नयाँ कार्यसमितिका सदस्यहरुले नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?