काठमाडौं । अन्य वर्षहरुमा झैँ सन २०२६ का लागि पनि अमेरिकाको डाइभसिर्टी भिसा (डीभी) आजबाट खुलाउँदैछ ।
अमेरिकाले अक्टोबर २ अर्थात् आज रातिबाट डिभी भर्न सकिने व्यवस्था गरेको हो ।
नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिने जनाएको हो । त्यस्तै आगामी नोभेम्बर ५ को राति १०ः४५ बजेसम्म आवेदन दिने समय राखिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार https://dvprogram.state.gov मा गएर आवश्यक प्रक्रिया पूरा गरी भर्न सकिनेछ ।
त्यस्तै अमेरिकाले भने अनुसारको मापदण्ड पूरा गरेका आवेदकहरुमध्येबाट एकदमै निष्पक्ष तरिकाले नतिजा प्रकाशन गरिने समेत विश्वास व्यक्त गरेको छ ।
अमेरिकाले हरेक वर्ष नेपाल लगायत विभिन्न देशहरुमा डिभी चिठ्ठा खुलाउँदै आइरहेको छ ।
त्यस्तै डिभी निशुल्क रुपमा भर्न सकिने समेत दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया