बलान नदी कटानले जोखिममा बस्ती

लोकपथ
77
Shares
फाइल तस्बिर

सिरहा ।  केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन  कटान गरेको छ ।  बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् ।

सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान-४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो । ‘एक्कासि बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,’लहान-४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भने, ‘नदीले तटबन्ध नै भत्काएछ ।’

मियाँको जस्तै समस्या लहान-२३ तिलेबोनाका गंगाप्रसाद यादवले पनि भोगिरहेका छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उनले बताए । ‘दशकौँदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुंगो छैन, ’यादवले भने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?