महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा  एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिका–५ घर भएका २९ वर्षीय खगेन्द्र यरी रहेका छन् । 

सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्बिर  साटासाट भएको र फेक आइडी मार्फत आफन्त तथा साथीलाई ती गोप्य तस्बिरहरू पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उनलाई  पक्राउ गरेको हो । 

 साइबर ब्युरोबाट खटिएको प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा आज पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा २०७९ वैशाख २३ गते साइबर ब्युरोमा मुद्दा दर्ता भई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?