झ्याप्लेखोला पहिरोमा पुरिएका ३५ जनाको सनाखत (नामावलीसहित)

लोकपथ
623
Shares

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिकास्थित झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।

३ वटा सवारीसाधन पुरिँदा मृत्यु भएका ३५ जनाको खनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा २५ जना पुरुष, ९ जना महिला र एक बालिका रहेका छन् ।

गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी गोरखाबाट आउँदै गरेको बस र चितवनबाट काठमाडौं आउँदै गरेको २ वटा माइक्रोबस पहिरोमा पुरिएको थियो । पहिरोमा पुरिएकाहरुको शव यसअघि नै प्रहरीले निकालेको छ ।

मृत्यु भएकाहरुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?