नेपाली विद्यार्थीले बनाएको एआई प्रोजेक्टले चीनमा जित्यो अवार्ड

लोकपथ
42
Shares

काठमाडौं । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ को पिपल्स चोइस अवार्ड जितेका छन् ।

ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गदै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो अवार्ड  हासिल गर्न सफल भएका हुन् ।

सयौँ विद्यार्थीहरू मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की रहेका छन् ।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्रा केयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?