खोकनावासीले किन मनाउँदैनन् दसैँ ?

लोकपथ
259
Shares

काठमाडौं । हिन्दुहरूको महान चाड बडादसैँ बिहीबार (आज) बाट प्रारम्भ भएको छ । पहिलो दिन घटस्थापना गरिएको छ ।

हर्ष र उमंगका साथ दसैँ भित्रिएका बेला ललितपुरको खोकनामा दसैँको रौनक देखिँदैन ।

देश विदेशमा रहेकाहरू दसैँ मनाउनकै लागि भनेर घर गाउँ फर्कने र बजारमा किनमेल गर्न व्यस्त रहँदा खोकनाबासी खेती किसानीमै व्यस्त देखिन्छन् । 

सुन्दा पनि अचम्म लाग्न सक्छ ,नेपालकै लागि खोकना यस्तो गाउँ हो जहाँ कहिल्यै पनि दसैँको चटारो हुँदैन । किनभने त्यहाँ दसैँ नै मनाइँदैन् । ललितपुरको जावलाखेलबाट करिब सात किलोमिटर पर रहेको पुरानो नेवार बस्ती खोकना अहिले सहरकै रूपमा विकास भइसकेको पाइन्छ ,जहाँको आफ्नो छुट्टै सांस्कृतिक र धार्मिक परम्परा छ । 

सम्पूर्ण नेपालीहरूमा दसैँको रमझम छाउँदै गर्दा खोकनाबासी भने सिकाली जात्रा मनाउने तयारीमा छन् । यहाँ परम्पराकालदेखि नै दसैँले खासै छुँदैन । दसैँको रमझम मेटाउन सिकाली जात्रामा आफूहरू रम्ने गरेको स्थानीय हरिश्याम डंगोल बताउँछन् । 

उनका अनुसार दसैँमा पूजा गरिने हातहतियार खोकनामा भने जनैपूिर्णमामा नै गर्ने गरिन्छ । दसैँको बेला सात दिनसम्म चल्ने जात्रा सिकालीमा नै व्यस्त हुने कारण आफूहरूले दसैँ नमनाएको उनले बताए । 

उनले भने, ‘दसैँ सबैभन्दा पहिले खोकनाले मान्छ । दसैँमा अरू ठाउँमा हात हतियार पूजा गर्ने गरिन्छ । तर हाम्रोमा जनै पूर्णिमा नै हातहतियार,कृषि औजार जनै पूर्णिमा नै पूजा गरिन्छ । खोकनामा जमरा राखिँदैन् । यो हाम्रो परम्पारदेखि नै चली आएको चलन हो । दसैँको बेला सिकाली जात्राको चटारो हुन्छ । सात दिनसम्म जात्रा मनाउँछौ । दसैँको अघिल्लो दिन जात्रा सकिन्छ ।’ 

उनले भने, ‘दसैँ सबैभन्दा पहिले खोकनाले मान्छ । दसैँमा अरू ठाउँमा हात हतियार पूजा गर्ने गरिन्छ । तर हाम्रोमा जनै पूर्णिमा नै हातहतियार, कृषि औजार जनै पूर्णिमा नै पूजा गरिन्छ । खोकनामा जमरा राखिँदैन । यो हाम्रो परम्पारदेखि नै चली आएको चलन हो । दसैँको बेला सिकाली जात्राको चटारो हुन्छ । सात दिनसम्म जात्रा मनाउँछौ । दसैँको अघिल्लो दिन जात्रा सकिन्छ ।’ 

डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो । बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ । देवीले नयाँ स्थानमा बस्न त मानिन तर भोग लिन भने मानिनन् । त्यसैले रुद्रायणी मन्दिरमा राँगो काटेपनि भोग दिनका लागि रगत भने सिकाली मन्दिरमा नै लाने गरेका छन् । 

पहिले राँगो नै सिकाली मन्दिरमा लगिन्थ्यो । तर पछि त्यसको साटो गुठीबाट कुमार केटाहरूसँगै पूजा लगेर चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि रहेको उनको भनाई छ । जसअनुसार घटस्थापनाको दिन सिकालीमा कुमार केटाहरूको गोप्य पूजा गर्ने चलन छ । पूजा अवधिभर मन्दिर वरपर कसैलाई जान दिइदैन । 

उनले भने, ‘पहिला यो गाउँलाई नै कुदेश भन्ने ठाउँमा थियो । त्यहाँबाट खोकनामा सरेको हो । जात्रामा खासगरी रुद्रायणीको पूजा गरिन्छ । र गणेश कुमारी भैरव सबैको पूजा हुने गर्दछ । राँगो काट्ने चार दिन अगाडि सिकालीमा कुमार केटाहरूको गोप्य पूजा गरिन्छ । जम्मा तीन वटा गुठी छ । र गुठीबाट कुमार केटाहरूसँगै पूजा लगिने गरिन्छ । त्यहाँ पहिला गुठीबाट राँगो भोग दिने गरिन्थ्यो, तर अहिले त्यहाँसम्म लान सकिन्न पूजा रुद्रायणीमा नै चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि छ । एउटा वर्षमा पूजा गर्ने कुमार केटाले विवाह नगरेसम्म उसैले पूजा गर्न मिल्छ ।’ 

अष्टमी र नवमीका दिन नेपालीहरूले घर र मन्दिरमा बोका, खसी, भेडा च्याङ्ग्रा काट्ने र दुर्गा भगवानको पूजा गर्ने गर्दछन्, तर खोकनामा भने गुठीबाट राँगो दिने तर घरमा बलि दिने चलन नरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै अर्का ७३ वर्षका स्थानीय गणेश डंगोल पनि आफ्नो निधारमा अहिलेसम्म दसैँको टिका नपरेको र दसैँ कस्तो हुन्छ भन्ने सम्म पनि आफू जानकार नरहेको बताउँछन् । 

उनले भने, ‘घटस्थापनादेखि नै जात्रा सुरु भइसकेको हुन्छ । जात्रा त मान्नु पर्‍यो । त्यही क्रममा परम्परादेखि नै दसैँ मनाएको छैनौँ । यहाँ सिकाली जात्रा नै भव्यताकासाथ मनाइन्छ । विभिन्न किसिमको पूजाआजा र नाचगानसहित दसैँ अवधिभर खोकनामा सिकाली जात्रा मनाउने गर्दछौँ खासै त्यस्तो दसैँ थाहा हुन्न ।’ 

सात दिनसम्म मनाइने सिकाली जात्रामा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ। आश्विन शुक्ल चतुर्थीदेखि आश्विन शुक्ल सप्तमीसम्म मनाइने जात्राको आफ्नै छुट्ट किम्बदन्ती इतिहास बोकेको स्थानीयहरू बताउँछन् ।

जात्राको पहिलो दिन तीन वटा गुठीमा १–१ वटा राँगा काट्ने र गुठीमा जानेहरूको भोज हुने गर्दछ भने दोस्रो दिन आफ्नो घर घरमा परिवारसँग बसी विभिन्न परिकारहरू राखेर भोज गर्ने गर्छन् ।  तेस्रो दिन मूल जात्रा हुने गर्दछ । त्यस दिन खोकनाको मुख्य मन्दिर रुद्रायणी माईको मन्दिर हुन्छ । राति करिब साढे ३ बजेदेखि रुद्रायाणी माईलाई खतमा राखी सिकाली चौर लगिन्छ । 

त्यससँगै चौथो दिनको जात्रामा दिउँसोको ४ बजेदेखि विभिन्न मुकुट लगायतका देवीदेवताहरू नगर परिक्रमा गराई पूजा गरिने चलन छ । अन्तिम दिन देवी देवताको नाँच देखाउने,मुकुट लगाएका देवताहरू जस्तै भैरव, कार्की, कुमारी, व्रमायणी, हनुमान, शक्ति आदिले दिनभर पौराणिक नाँचहरु देखाउने  र यससँगै जात्राको समापन गरिने प्रचलन रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?