बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति

लोकपथ
56
Shares

ललितपुर । गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब ८० लाख बराबरको क्षति भएको छ । 

ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण, महत्त्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले जानकारी दिए । 

उनले भने, ‘महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेमा छन्, बाढीबाट करिब  ८० लाख बराबरको क्षति भएको छ ।’

बाढीले अल्ट्रासाउण्ड, इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्त्वपूर्ण उपकरण, ६ वटा कम्प्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । 

कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्त्वपूर्ण सेवा प्रवाह नरोकिएको उनले भनाइ छ  । 

बाढीले स्वास्थ्य केन्द्र पूर्णरुपमा क्षति भएपछि आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको केन्द्रका अहेव नारायण साहले बताए। ‘स्वास्थ्य केन्द्रका सबै उपकरण र औषधि काम नलाग्ने अवस्थामा छन् । उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?