बाढीपहिरो वितण्डा : ३४ राजमार्गका ८०५ सडक संरचनामा क्षति

लोकपथ
63
Shares

काठमाडौं । गत असोज १० र ११ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी बाढीपहिरोको क्षति र सरकारले गरेको पहलबारे जानकारी दिएको हो ।

जसअनुसार ८०५ स्थानमध्ये हालसम्म ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्ग सुधार गरी यातायात सुचारु गरिएइको छ ।

त्यस्तै अझै ५ वा मुख्य राजमार्गका ३१ स्थान भने अवरुद्ध भएको भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार सडक संरचना तथा पुल संरचनामा अस्थायी यातायात सञ्चालनका लागि साढे दुई देखि ३ अर्ब खर्च हुने अनुमान गरिएको छ । साथै क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान रहेको मन्त्री दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?