मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्ड एकतर्फी खुल्यो

लोकपथ
336
Shares
फाइल तस्बिर

काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट-घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । 

राजमार्गमा दुवैतर्फबाट दुई-दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाँउपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रूपमा सडक सञ्चालन ल्याइएको हो ।

दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?