विश्वको सबैभन्दा अग्लो पुलमा पर्यटकको भीड

लोकपथ
406
Shares

काठमाडौं । चीनले बनाएको विश्वको सबैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरूको भीड लागेको छ । 

चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्ने गरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरूको संख्या बढेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छ ।

पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य वृद्धि भएको स्थानीयको भनाइ छ । त्यहाँ होमस्टेहरू प्रशस्त खुलेका छन् । सन् २०२५ सम्म पुलको निर्माण पूर्ण रूपमा सकिने जनाइएको छ । 

‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घण्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ । बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृह नगर घुम्न आउँदै छन्,’ स्थानीय गाउँले सुआन्जुनले भने । (सिसिटिभी प्लस/एनएनबी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?