क्यान्सरसँग जुधिरहेका धवलशमशेरलाई जिम्मेवारीबाट हटाएपछि लिङ्देनलाई नेता पाठकको खुला पत्र

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न संगठन विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

खासगरी पार्टीका महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाइएकोमा असन्तुष्टि देखिएको हो ।
क्यान्सरजस्तो प्राणघातक रोगसँग जुधिरहेका राणालाई मानवीय संवेदना समेत भुलेर हटाइएको भन्दै राप्रपाका केन्द्रीय सदस्य (निर्वाचित) जनकराज पाठकले असन्तुष्टि जनाएका हुन् ।

पाठकले सामाजिक सञ्जालमा लेख्दै राप्रपामा लिङ्देनलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गराए ।

आजै लिङ्देनले विभिन्न विभागका प्रमुखको जिम्मेवारी हेरफेर र मनोनयन गरेका छन् । जसअनुसार राणाले सम्हाल्दै आएको संगठन विभागको जिम्मेवारी पार्टीका वरिष्ठ नेता वुद्धिमान तामाङलाई दिएका छन् । त्यस्तै स्थानीय तह परिचालन विभागमा उपाध्यक्ष धु्रब बहादुर प्रधान, राजनीतिक विभागमा रविन्द्र मिश्र, पर्यटन विभागमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) मा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

नेता पाठकले उपचारमा रहेको निर्वाचित महामन्त्रीलाई राजनीतिमा मनोवल नै गिर्नेगरी हटाइएकोप्रति आक्रोश व्यक्त गर्दै यस्तो बेला हटाएर के उपलब्धी गर्न खोजेको भन्दै प्रश्न अघि सारेका छन् । साथै त्यसको विरुद्ध आफू एक्लै भए पनि लड्ने बताएका छन् ।

‘तपाईंले यति बेला उनलाई मानवीय संवेदना नै बिर्सियर संगठन विभागबाट हटाउनु भएको विज्ञप्ति पढ्दा दुख लाग्यो ।
के बितेको थियो यतिबेला उनलाई हटाउनु पर्ने, कम्तिमा उनी उपचार वाट फर्किए पछि बैठक मार्फत नै हटाएको भए राम्रो हुन्थ्यो नि । यति बेला उनलाई हटाएर उपलब्धि के ? कुन तारा झर्न खोज्नु भएको तपाईंले ? कति उपलब्धि अब हुन्छ त्यो पनि हेर्नू छ । तपाईंले जसरी मानवीय संवेदना माथि खेलवाड गर्नु भो त्यसमा मेरो समर्थन छैन । म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भएपनि उभिने छु,’ उनले भनेका छन् ।

नेता पाठकले भनेका छन् :

राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङदेन ज्यूलाई खुला पत्र…
अध्यक्ष ज्यू जसले तपाईं लाई अध्यक्ष वनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्यो,जसले पार्टीमा नया तथा युवा पुस्ताको नेतृत्वको बहस चलायो त्यो ब्यक्ति धबल शमशेर राणा यति वेला क्यान्सर जस्तो प्राणघातको रोगको कारण उपचारको सिलसिलामा भारतमा छन।
तपाईंले यति वेला उनलाई मानिविय संवेदना नै विर्सियर संगठन विभाग वाट हटाउनु भएको विज्ञप्ति पढदा दुख लाग्यो।
के बितेको थियो यतिवेला उनलाई हटाउनु पर्ने,कम्तिमा उनी उपचार वाट फर्किए पछि बैठक मार्फत नै हटाएको भय राम्रो हुन्थ्यो नि।यति वेला उनलाई हटाएर उपलब्धि के रु कुन तारा झर्न खोज्नु भएको तपाईंले रु कति उपलब्धि अब हुन्छ त्यो पनि हेर्नू छ।
तपाईंले जसरि मानविय संवेदना माथि खेलवाड गर्नु भो त्यसमा मेरो समर्थन छैन।म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भएपनि उभिने छु।
धेरै प्रयास गरियो तपाईं संग सहकार्य गर्न तर सफल भइयन।
एउटा निर्वाचित महामन्त्री ले पाएको विभागमा यसरी तपाईंले खेलवाड नगरेको भय राम्रो हुनेथियो ।
तपाईंको निर्णयले स्वयम तपाईं लाई ऐठन हुनेछ।
माननीय अध्यक्ष ज्यु तपाईंको यो निर्णयमा सहमत हुन सकियन मात्र हैन बिरोध गर्न पर्न अवस्थामा पुगियो।
महामन्त्री धबल शमशेर राणा उपचारको सिलसिलामा पनि तपाईं र पार्टी प्रति चिन्तित हुनुहुन्छ।हरदिन हामीलाई पार्टी लाई अन्दोलित गराउन र अध्यक्ष लाई सहयोग गर्न निर्देशन दिइरहनु भएको छ।
उहाको चिन्ता माथि जसरि खेलवाड गर्नु भयो त्यसको हिसाब तपाईं संग समयले लिनेछ।
म तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु अध्यक्ष ज्यू।
जय राष्ट्रवाद

त्यस्तै लिङ्देनको निर्णयप्रति राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समेत आपत्ति जनाएका छन् । नेता लोहनीले सामाजिक सञ्जालमा लेख्दै उपचारमा रहेका बेला विभागको जिम्मेवारीबाट हटाउनु अमानवीय र अविवेकी निर्णय रहेको भन्दै त्यसको विपक्षमा उभिएका छन् ।

‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो यो निर्णयप्रति म दुख ब्यक्त गर्दछु र मेरो असहमति स्पस्ट गर्दछु,’ डा. लोहनीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तो छ जिम्मेवारी हेरफेरको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?