पूर्व राजा ज्ञानेन्द्रले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

लोकपथ
35
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।

यसअघिका वर्षहरुमा पनि ज्ञानेन्दले सर्वसाधारणहरुलाई टीका लगाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?