ओलीको ‘डाँफेज् र गैँडाज्’ को आलोचना भएपछि बचाउमा शंकर पोखरेल

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न अमेरिका भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

खासगरी प्रधानमन्त्रीले बोलेको अंग्रेजीलाई लिएर उनको आलोचना भइरहँदा एमाले पंक्ति भने ओलीको बचाउमा लागेको छ ।

एमाले महासचिव शंकर पोखरेलले ओलीले अमेरिकामा डाँफेज् र गैँडाज् शब्दबारे ओलीको आलोचना भइरहेका बेला उनको बचाउ गर्दैै त्यसको बारेमा बहस भइरहेको समेत दाबी गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जालमा लेख्दै ओलीले यसअघि नै अंग्रेजी पढ्ने विद्यार्थीहरुका अघि डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै उच्चरण गर्नु उचित रहेको बताएको बताए । साथै ज्ञान र शिद्धान्तमा पश्चिमा भन्दा पनि एशियाली सोचको विकास गर्नुपर्ने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शब्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्वोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो । उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?