स्याङ्जामा जीप दुर्घटना : ७ जना घाइते

लोकपथ
70
Shares

काठमाडौं । स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जिल्लाको आँधिखोला गाउँपालिका–२ बेझाङ भालेखर्कस्थित भित्री सडकखण्डमा सिरुबारीबाट पोखरा आउँदै गरेको ग. १ ज. ५७५६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

उक्त जीपको ब्रेक फेल हुँदा सडकको कुना साइडमा पल्टिँदा जीपमा सवार ८ जनामध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको सेतीदोभान स्वास्थ्य चौकीमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?