डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नवलपरासीमा वर्षेनी हुने डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी । र सिँचाइ समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्कासँग सिंहदरबारस्थित मन्त्रालयमा भेट्दै सांसद चौधरीले पश्चिम नवलपरासीमा बाढी र सिँचाइको समस्या समाधान गर्न गुरु योजना बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद चौधरीले डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगेका विनोद चौधरी र सिँचाइकाे समस्या दीर्घकालसम्मका लागि समाधान गर्न मन्त्री खड्कालाई लिखित पत्र बुझाएका हुन् । नेपाल गण्डकी पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालयले तयार गरेका दुई वटा डीपीआर कार्यान्वयन गर्नसके स्थायी समाधान हुने सांसद चौधरीको विश्वास छ ।

‘दुवै डिपिआर निकै समय र साधन लगाएर तयार पारिएको हुनाले त्यस क्षेत्रमा यी आयोजनाहरूको निकै महत्त्व छ । त्यस मन्त्रालयसँग सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र आयोजनाका प्रतिनिधिहरूको बैठक आयोजना गरी आयोजनाहरूलाई प्राथमिकताका क्रममा कार्यान्वयन गर्ने विधि र चरण पहिल्याउने, सोही अनुसारको प्राथमिकता र विधि अपनाएर चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने,  त्यसका लागि छुट्टै शीर्षक कायम गरी चालु आर्थिक वर्षभित्रै कार्यान्वयन प्रारम्भ गर्ने व्यवस्था गर्ने र यस क्रममा स्थानीय जनता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने,’सांसद चौधरीले मन्त्री खड्कालाई बुझाएको लिखित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपाल गण्डक पश्चिम नहर सिँचाइ प्रणालीलाई किसानको पहुँच वृद्धि गर्न पर्याप्त रकम विनियोजन गरी किसानको खेतसम्म सिँचाइ पुर्‍याउन पनि उनको माग छ । त्यस्तै गण्डक नहरहरूको विभिन्न स्थानहरूको सरसफाइको नियमित मर्मत संहारको व्यवस्था हुनुपर्ने, सुरजपुरा पावर हाउस पूर्ण क्षमतामा सञ्चालन हुने गरी मर्मत संहार हुनुपर्ने, ग्रामीण विद्युतीकरणका पहुँच नपुगेका स्थानहरूको लागि बजेट विनियोजन गरी नियमित मर्मत संहार गरी नियमित सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्नेमा सांसद चौधरीले जोड दिएका छन् । यस्तै उनले विगत वर्षहरूमा नारायणी नदीले क्षति पुर्‍याएका स्थानहरूमा गण्डक सम्झौता बमोजिमको क्षतिपूर्ति दिलाउन भारतीय पक्षसँग समन्वय गर्न सरकारसँग माग गरेका छन् ।

हालै आएको बाढीले नारायणी नदीमा रहेको करिब दुई सय मिटर तटबन्धन बगाई सुस्ता गाउँपालिका वडा नं.५ सुस्ता पारी थारु टोलमा करिब २०० घर डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी भएको जानकारी गराउँदै सांसद चौधरीले भने, ‘बगाएको तटबन्धन पुननिर्माण अविलम्ब सुरु गर्नुपर्छ । तर करिब २.५ किलोमिटर नयाँ तटबन्धन निर्माण र भएको करिब तीन किलोमिटर तटबन्धनको एक मिटर उचाइ बढाउन सिँचाइ विभाग अन्तरगत नारायणी नदी नियन्त्रण आयोजना, भरतपुरमार्फत कार्यान्वयन गराउनुपर्छ ।’

हालै सुस्तालगायतका केही क्षेत्रमा भएको डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरीबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि सांसद चौधरी डुवान र सिँचाइ समस्या लिएर मन्त्री भेट्न पुगे विनोद चौधरी क्षेत्र पुगेका थिए । उनले हरेक वर्ष हुने डुवानको स्थायी समाधानका लागि सरकारसँग तत्काल पहल गर्ने बताएका थिए ।

ऊर्जामन्त्री खड्काले सांसद चौधरीले उठाएका विषयहरू सम्बोधन गर्न सरकारप्रतिवद्ध रहेको बताए । उनले भने, माननीयज्यूले जति पनि विषय उठाउनु भएको छ, यी सबै अत्यन्तै महत्त्वपूर्ण  र संवेदनशील मुद्दाहरू छन् । सरकार यसको कार्यान्वयनका लागि आवश्यक सबै पहल गर्दछ ।

सांसद चौधरीकै पहलमा सुस्तापारीका करिब ३५० घरधुरीले एक वर्षका लागि निःशुल्क बिजुली बत्ती बाल्न पाएका छन् । उनले मन्त्रीलाई आफ्नो माग सम्बोधन गरिदिएकोमा धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?