ब्राउनसुगरसहित दुई जना पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । दाङमा अवैध लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय ऋषिकेश वली र १९ वर्षीय इशान डाँगी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट पर्सेनीबाट खटिएको प्रहरी टोलीले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.६ प ८५०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?