माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । बाँकेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको हो ।

माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?