बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री 

लोकपथ
42
Shares

हेटौँडा । गत असोज ११–१२ गतेको अविरल वर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ । 

मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दीपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनतालाई राहत उपलब्ध गराउन सम्राट सिंहको नेतृत्वमा राहत संकलन गरी खाद्यान्न, त्रिपाल र लत्ताकपडा  शनिबार  १ ट्याक्टर सामाग्री बकैया पठाएको हो । 

राहत संकलनकै क्रममा राप्रपाका हेटौँडा उपमहानगरपालिका वडा न.६ का नेताहरू केदार राई र सुनिल थापाको सक्रियतामा थप राहत सामाग्री संकलन गरी शनिबार जिल्ला कमिटीमार्फत बाढीपीडितलाई सामाग्री पठाएको छ । 

०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्याशी समेत बनेका नेता राईका अनुसार ६ नम्बर वडाका विभिन्न व्यक्तिहरूको सहयोगमा ३१ हजार ३सय ३ रुपैयाँ बराबरको १० बोरा चामल, १ बोरा आलु, १ बोरा नुन, तेल र लत्ताकपडा पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?