कुनै पनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडपर्वका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । 

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक /परिचारिका ) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री पाण्डेले चाडपर्वर संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोक्न आग्रह गरेका छन् । 

उनले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ । उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ । चाडपर्व र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरी काममा फर्किने गरी टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । 

निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?