बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

लोकपथ
42
Shares

सिन्धुली । संघीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको  छ । 

कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी  र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई  दुई लाखका दरले आर्थिक सहयोग गरिएको हो । 

मन्त्रिपरिषद्को हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?