कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

लोकपथ
35
Shares

सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रबार र शनिबार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।

उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भए पनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबै खाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् । ‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रूपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलफूल, दूध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो ।

प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैँसीका विकास कार्यक्रमको अनुगमन गरेकी थिइन । साथै उनले अनुसन्धान केन्द्रले सीमित स्रोत साधनको बाबजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।

अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?