डुवानमा परेको राजदेवी मन्दिरको पानी निकालियो 

लोकपथ
56
Shares

महोत्तरी ।  बाढीले डुवानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ । 

अविरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज एका बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन् । 

राजदेवी मन्दिरका पुजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भ गृह डुबाउनुका साथै प्रतिमा पनि डुवानमा पारेको थियो भने मन्दिर बाहिरका भू–भाग पनि जलमग्न बनाएको कारण बडा दसैँको सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो । पुजारी गिरीले मन्दिर र गुफा दुवै डुवानमा रहेकै कारण मन्दिरको पछाडिपट्टी रहेको खाली भू–भागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?