पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

लोकपथ
56
Shares
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँका बासिन्दाले पशु चौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रूपमा पनि परिचित थियो ।

रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । 

जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघ भालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूर्ण गाउँका दुर्गादत्त आचार्यले जानकारी दिए।  ‘हामी तन्नेरी हुँदासम्म टोड्केमा गाईभैसी, भेडा बाख्राको गोठ राख्ने गरिन्थ्यो,’ ७० वर्षीय आचार्यले भने ’प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।’

समुन्द्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन र मन दुवै चंगा बनाएको अनुभव सुनाए।  ‘शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,’ उनले भने ’बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृश्य जति हेरे पनि धितै मर्दैन् ।’ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृश्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृश्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हित खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरक फरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?