विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

लोकपथ
63
Shares


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीन चार करोड मात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन । एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपाली पनि मनसुनमा पाँच सय मिटर बेल ब्रिज चाहिन्छ भनेका थियौँ । त्यो महँगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन ।’ 

यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए । 

उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्योलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाइ जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?