एभरेष्ट वुमन भलिबल : कर्णालीलाई उपाधि, ललितपुर उपविजेतामा सीमित

लोकपथ
35
Shares

काठमाडौं। कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। कर्णाली जारी प्रतियोगितामा अपराजित रहेको हो ।

अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने सम्भावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो ।

अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो । १५–८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनि समय गुमाउन परेन । सहजै २५(१७ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो । एक समय ९–१५ ले पछि परेको ललितपुरले खेललाई १८–२० सम्म पुर्यायो । तर यो सेट पनि २५–२० ले कर्णालीले जित्यो । खेलमा कर्णालीले २–० को स्पष्ट अग्रता बनायो ।

२–० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन । सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो । ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो ।

ललितपुरले २०–१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५–१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २–१ को स्थितिमा पुर्यायो ।

ललितपुरले खेलमा फर्कने संकेत देखायो।

चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो । बिना दबाब चौथो सेट २५–१८ ले जित्यो । योसँगै खेल २–२ को बराबरीमा पुग्यो । खेलको निर्णय पाँचौ सेटबाट भयो ।

पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो । ५–५ को बराबरीबाट ललितपुर ११–९ को अग्रता बनायो । तर यो अग्रता तोडियो खेल ११–११ मा पुग्यो । यसपछि कर्णालीले १३–१२ को अग्रता बनायो ।

लगतै कर्णालीले अर्को अंक जोड्दै १४–१२ को स्कोरमा जित नजिक पुग्यो । तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४–१३ मा पुर्यायो।

यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५–१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?