आजदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला

लोकपथ
322
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसी बोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा,च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री खुला गरेको जनाएको  छ । 

खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने  अरू ल्याउने क्रम जारी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?