नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथग्रहण आज

लोकपथ
70
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ आज हुँदैछ ।

आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई नियुक्त गर्ने र आजै शपथग्रहणको कार्यक्रम रहेको छ ।

गत असोज १६ गते संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो । त्यसो असोज १८ गतेबाट हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएका छन् ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहेका राउतलाई प्रधानन्यायाधीश राउतलाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश बन्न लागेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्नेछिन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आगामी २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन् । उनी सर्वोच्चको ३२औँ प्रधानन्यायाधीश बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?