नवरात्रको चौँथो दिन : देवी मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

लोकपथ
21
Shares

काठमाडौं । आज नवरात्रको चौँथो दिन हो । आजको दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष, बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पन्न गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?