आज सुनको मूल्य घट्यो कि बढ्यो ?

लोकपथ
413
Shares

काठमाडौं । अघिल्लो कारोबार दिन गत शुक्रबार उच्च अंकमा पुगेको सुनको मूल्य आज सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य १ लाख ६१ हजार रहेको छ । यसअघि गत शुक्रबार १ लाख ६१ हजार ३ सय रहेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ८० रहेको थियो । आज मूल्य वृद्धि भइ १ हजार ९ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?