भारतीय सेनाका मेजर जनरल देवगनको ६ दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न

लोकपथ
210
Shares

काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाईएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको ६ दिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ ।

भ्रमणका क्रममा उनले सुन्दर पर्यकीय नगरी पोखरा लगायत अन्य ठाउँको समेत भ्रमण गरेका थिए । त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै, उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए ।

मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरूबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेका थिए ।

मेजर जनरल चरणजीत गत असोज १४ गते नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?