प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीमा प्रकाशमान सिंह राउतलाई नियुक्त गरेका छन् ।

आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

गत भदौ ३१ गते संवैधानिक परिषद्को बैठकले सर्वोच्चका वरिष्ठतम न्यायाधीश रहेका राउतलाई प्रधानन्यायाधीशको रुपमा सिफारिस गरेको थियो । त्यस्तै गत असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ गत असोज १८ गते अनिवार्य अवकाशमा गई बिदा लिएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै पद तथा गोपनियताको शपथग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयले आजै दिउँसो १ः३० बजे शपथग्रहणको कार्यक्रम राखेको छ । उनको कार्यकाल आगामी २०८२ को चैतमा सकिनेछ । राउत सर्वोच्चका ३२आौँ प्रधानन्यायाधीश हुन् ।

यो पनि

नवनियुक्त प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथग्रहण आज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?