नक्कली नोटसहित २ जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली नक्कली नोटसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई एक हजार दरका ४७ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?